Print

महाशिलामा १४ हजार फलफुलका विरुवा वितरण

२ साउन, पर्वत । महाशिला गाउँपालिकाले किसानहरूलाई कागती र सुन्तलाका १४ हजार बढी बिरुवा निशुल्क वितरण गरेको छ । ६ हजार कागती र ८ हजार सुन्तलाका बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता जिबन उचै ठकुरीले जानकारी दिए ।

बन्दाबन्दीको समयमा पनि पालिकाले बिरुवा झिकाई सबै वडाहरूमा वितरण गरेको हो । सुन्तला र कागतीको पकेट क्षेत्रको आधारमा बिरुवा वितरण गरिएको र किसानलाई मापदण्ड अनुसार खाडल खन्न र मल राख्न लगाइएको ठकुरीले जानकारी दिए ।

उनका अनुसार किसानलाई वितरण गरिएको सुन्तला कागतीको बिरुवा लगाइएका क्षेत्रमा गाउँपालिकाले निरन्तर अनुगमन समेत गर्नेछ । गाउँपालिकालाई कृषि विकासका लागि विशेष प्राथमिकतामा राखेर कृषि कार्यक्रम समेत संचालन गरिएको र कृषि क्षेत्रबाटै पालिकालाई सम्पन्न गराउने गाउँपालिको उदेश्य रहेको छ ।

गाउँपालिका कागती र सुन्तलाको पर्वतको महाशीलाले बाड्यो चौध हजार फलफुलका बिरुवालागि पकेट क्षेत्र समेत बन्ने उहाँको दाबी छ । किसानले उत्पादन गरेको सुन्तला, कागतीले बजार नपाए पालिकाले खरिद गरिदिने गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए ।

पालिकाका किसानको आवश्यकता र माग अनुसार बिरुवा वितरण गरिएको उनले जानकारी दिए । गाउँपालिकाले फलफुलमा उत्पादन बढाउनका लागि कृषकहरुलाई निशुल्क विरुवा वितरण गरेको अध्यक्ष पौडेलको भनाई छ ।