२ साउन, पर्वत । जिल्लामा थप १७ जना कोरोना संक्रमीत निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार विहिबार मात्रै १७ जना संक्रमीतको रिर्पोट नेगेटिभ आएको हो । उनीहरुलाई डिस्चार्ज गरिएको छ । जिल्लाका कुल ९४ जना संक्रमीत मध्ये अव भने ५ जना मात्रै उपचारको क्रममा रहेका छन् । संक्रमीत थपिने भन्दा निको हुने दर पर्वतमा बढेर गएको हो ।
एकै दिन १७ जना डिस्चार्ज भएपछि आइसोलेसनको भरीभराउ वेडहरु अहिले खाली भएका छन् । संक्रमणको दर पर्वतमा घट्दो गतिमा अघि बढेको देखिन्छ । स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीका अनुसार आइसोलेसनमा रहेका कसैमा पनि अहिलेसम्म संक्रमणको लक्षण देखिएको छैन । रिर्पोट नेगेटिभ आएका सवैलाई डिस्चार्ज गरिएको भण्डारीको भनाई छ । अहिले पुलिङ क्वारेन्टाइनमा बस्नेको संख्या पनि घटिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार ९२ जना क्वारेन्टाइनमा बसेको तथ्यांक कार्यालयसंग छ । भारतबाट फर्केको संख्या घटेसंगै क्वारेन्टाइनमा बस्नेको संख्या पनि घटेको हो ।




