१८ असार, पर्वत । पर्वत जिल्लामा कुल ८८ जना संक्रमीत भएका छन् । संक्रमीत मध्ये सवैभन्दा धेरै कुश्मा नगरपालिकामा संक्रमीत भएका हुन । भारतबाट फर्केकासंगै पर्वत अस्पतालमा संक्रमीत भएका स्वास्थ्यकर्मी सहित कुश्मा नगरपालिकामा ३७ जना संक्रमीत भएका छन् ।
यसैगरी जलजला गाउँपालिकामा भने सवैभन्दा न्यून ३ जना मात्र संक्रमीत भेटिएका छन । उता, फलेवास नगरपालिकामा २७ जना भेटिएका छन् । उनीहरु सवै भारतबाट आएका हुन ।
महाशिलामा ८ जना र विहादीमा ७ जना संक्रमीत पुष्टि भएका छन् । यसैगरी मोदी गाउँपालिकामा ५ र पैयूमा पनि ५ जनामा पुष्टि भएको छ । मोदी गाउँपालिकामा १ जना स्वास्थ्य कर्मी छन् । अरु सवै पालिकामा भारतबाट फर्केकाहरुमा संक्रमण देखिएको छ । भारतबाट फर्केका बाहेक अरु पालिकामा स्थानीयहरुमा निकै कम मात्रामा पिसिआर परिक्षण गरिएको छ ।
कुश्मा नगरपालिका भित्र मात्रै भारतबाट फर्केका बाहेक १५ जनामा संक्रमण पुष्टि भएको छ ।




