Print

संक्रमीत स्वास्थ्यकर्मीको सम्पर्कमा आएका थप ४१ जनाको कोरोना रिर्पोट नेगेटिभ

१५ असार, पर्वत । पर्वत अस्पताल कुश्मामा सेवा लिएका ब्यक्तिहरुको कन्ट्रयाक्स ट्रेसिङ गर्दा ४१ जना विरामीको कोरोना रिर्पोट नेगेटिभ आएको छ । पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य ब्यक्तिहरुको खोजी गर्ने क्रममा स्वास्थ्यकर्मीले जाँच गरेका विरामीहरुको ट्रेसिङ गरिएको थियो ।

स्वास्थ्यकर्मीले जाँच गरेका ४१ जना ब्यक्तिहरुको कोरोना रिर्पोटन नेगेटिभ आएको अस्थायी कोरोना अस्पतालले जनाएको छ ।

अस्पतालका सदस्य सचिव डा. शिशिर देवकोटा र सुचना अधिकृत प्रविन भण्डारीद्धारा जारी विज्ञप्तिमा ट्रेसिङ गरिएका सवै ४१ जनाकै रिर्पोट नेगेटिभ आएको उल्लेख गरिएको छ । अस्पतालमा सेवा लिएकाहरु संक्रमीत स्वास्थ्यकर्मीको सम्पर्कमा आएको भन्दै उनीहरुको स्वाब लिइएको थियो ।