१५ असार, पर्वत । जिल्लामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार थप १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकाहरुमा कुश्मा नगरपालिकाका ३ जना, फलेवास नगरपालिकाका २ जना, पैयू गाउँपालिकाका २ जना विहादी गाउँपालिकाका २ जना, जलजला गाउँपालिकाका १ जना महाशिला गाउँपालिकाका २ जना र मोदी गाउँपालिकाका एक जना रहेका छन् । उनीहरु १९ बर्ष देखि ५२ बर्ष उमेर समूहका छन् ।
संक्रमीत सवैलाई आइसोलेसन अस्पतालमा भर्ना गरिएको छ । योसंगै पर्वत जिल्लामा संक्रमीतको संख्या ८५ पुगेको छ । उनीहरु मध्ये १९ जना डिस्चार्ज भएर घर फर्केका छन् ।




