१३ असार, पर्वत । जिल्लामा कोरोना संक्रमण जित्नेको संख्या थप ८ पुगेको छ । पर्वत अस्पतालका निमिक्त प्रमुख डा. शिशिर देवकोटाका अनुसार आज मात्र थप ८ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको हो ।
प्रयोगशालामा गरिएको कोरोना परिक्षणबाट नगेटिभ रिर्पोट आएका उनीहरुलाई आज नै डिस्चार्ज गरिने डा. देवकोटाले जानकारी दिए । योसंगै पर्वतमा कोरोना जित्नेको संख्या १९ पुगेको छ । उनीहरु मध्ये ११ जना डिस्चार्ज भई घरमा फर्किएका छन् ।




