Print

पर्वतमा कोरोना निको हुनेको संख्या ११ पुग्यो, ५९ जना अस्पतालमै सवैको स्वास्थ्य अवस्था सामान्य

१२ असार, पर्वत । जिल्लामा कोरोना संक्रमण लागेकाहरु मध्ये ११ जना निको भएर घर फर्केका छन् । जिल्लाका कुल ७० संक्रमीत मध्ये ११ जनाको रिर्पोट नेगेटिभ आएसंगै उनीहरुलाई डिस्चार्ज गरिएको छ । १० जना संक्रमीतलाई कुश्माको कोरोना अस्थायी अस्पतालबाट डिस्चार्ज गरिएको हो भने एक जनालाई पोखरा स्थित क्षेत्रीय अस्पतालबाट । उनीहरु मध्ये २ जना चिकित्सकहरु रहेका छन् ।

एक जना मोटरसाइकलमा घाइते भएका युवा छन् । बाँकी ८ जना भारतबाट फर्केका युवाहरु हुन् । उनीहरुलाई पिसिआर रिर्पोट नेगेटिभ देखिएपछि आइसोलेसन बेर्डबाट डिस्चार्ज गरी घर पठाइएको छ ।

घरमा गएका उनीहरुलाई कम्तिमा १ हप्ता अरुको सम्पर्कमा नआउने गरी सुरक्षित बस्न डाक्टरहरुले आग्रह गरेका छन् । अहिले कुश्मा स्थित कोरोना अस्पतालको आइसोलेसनमा कुल ५९ जना संक्रमीत भर्ना भएका छन् । अस्पताल श्रोतका अनुसार उनीहरु मध्ये सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।