Print

पर्वतमा थप २२ जना कोरोना संक्रमीत

९ असार, पर्वत । जिल्लामा २२ जना कोरोना संक्रमीत थपिएका छन । पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटाले १ जना स्वास्थ्यर्मी र १७ जना भारतबाट फर्किएकाहरु संक्रमीत भएको जानकारी दिए ।

बाँकी ४ जना को थिए भन्ने विषयमा पुष्टि हुन बाँकी छ । संक्रमीतहरु मध्ये कुश्मा नगरपालिकाका ९ जना रहेका छन् । जसमध्ये ३ महिनाको बालक समेत रहेका छन् । यसैगरी फलेवास नगरपालिकामा ७ जना रहेका छन् ।

आज संक्रमीत हुनेहरुमा २ जना विहादी गाउँपालिकाका, २ जना पैयू गाउँपालिकाका र मोदी गाउँपालिकाका रहेका छन् । उनीहरु मध्ये १७ जना अहिले पुलिङ क्वारेन्टाइनमा बसेका छन् । १ जना स्वास्थ्यकर्मी पर्वत अस्पतालमा कार्यरत रहेको बुझिन्छ । यसैगरी ४ जना भने संक्रमीतको कन्ट्रयाक्ट ट्रेसिङमा आएका ब्यक्तिहरु रहेका छन् । उनीहरु कुश्मा नगरपालिकाका हुन ।