९ असार, पर्वत । जिल्लामा आज थप भएका संक्रमीहरु मध्ये ३ महिने बालक सहित भारतबाट फर्केका १७ जना रहेका छन् । उनीहरु पुलिङ क्वारेन्टाइनमा बसेकाहरु हुन ।
आज संक्रमण पुष्टि भएकाहरु मध्ये संक्रमीत स्वास्थ्यकर्मीको सम्पर्कमा आएकी एक स्वास्थ्यकर्मी पनि छिन् । यसैगरी दुर्घटना परी पोखरामा उपचाररत युवाको सम्पर्कमा रहेका थप ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमीतहरु मध्ये कुश्मा नगरपालिकाका ९ जना रहेका छन् । जसमध्ये ३ महिनाको बालक समेत रहेका छन् । यसैगरी फलेवास नगरपालिकामा ७ जना रहेका छन् । आज संक्रमीत हुनेहरुमा २ जना विहादी गाउँपालिकाका, २ जना पैयू गाउँपालिकाका र मोदी गाउँपालिकाका रहेका छन् ।




