Print

पर्वतका स्थानीयले समातेकोे चितुवालाई वन कार्यालयमा राखेर उपचार गरिँदै

९ असार, पर्वत । जिल्लाको जलजला गाउँपालिका वडान ७ धाइरिङबाट स्थानीयले समातेको चितुवालाई डिभिजन वन कार्यालय पर्वतमा राखिएको छ । डिभिजन वन कार्यालयका प्रमुख अशोक कुमार श्रेष्ठका अनुसार स्थानीयले समातेको चितुवालाई हिजो (असार ८ गते) नै कार्यालयमा ल्याइएको थियो ।

सहयाक वन अधिकृत सहितको टोलीले कार्यालयमा ल्याएको चितुवालाई वन कार्यालयमा परिसरमा राखिएको हो । स्थानीयले विरामी अवस्थामा भेटेको चितुवालाई प्रहरीको सहयोगमा डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेका थिए । डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठ भन्छन–‘चितुवा विरामी भएपनि स्थानीयले सामान्य रुपमा लिन नहुने हो ।’

उनले भने–‘विरामी अस्वस्थामा रहेर प्रतिकार नगरेको चितुवालाई सामान्य इनरजी आउँदा साथ उ आक्रमणमा उत्रन्छ ।’ चितुवा हिंस्सक र आक्रमण गर्दा पछि नहट्ने जनावर भएका कारण उ बाट टाडै बस्न पर्ने श्रेष्ठ बताउँछन् ।

पौढ उमेरको देखिने उक्त चितुवालाई उपचार शुरु गरिएको उनको भनाई छ । बागलुङ पशु विज्ञ अस्पतालबाट पशु चिकित्सक मगाएर प्राथमिक उपचार गरिने उनले जानकारी दिए । सामान्य उपचार पछि थप उपचार र ब्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जमा चितुवालाई पठाउने बिषयमा कुरा भइरहेको श्रेष्ठको भनाई छ ।