Print

संक्रमीत स्वास्थ्यकर्मीको सम्पर्कमा आएका २१ जनाको रिर्पोट नेगेटिभ

७ असार, पर्वत । जिल्लामा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको पनि परिक्षण गरिएको छ । शुक्रवार मात्रै उनीहरुको सम्पर्कमा आएका ८१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको छ ।

८१ जना मध्ये अस्पतालमा कार्यरत स्वास्थ्य, स्वास्थ्यकर्मीका परिवार र संक्रमीत स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा रहेका ब्यक्तिहरु रहेका छन् । उनीहरु मध्ये २३ जनाको रिर्पोट आइतबार विहान सार्वजनिक भएको छ ।

त्यस मध्ये २ जना संक्रमीत बनेका छन् । बाँकी २१ जनाको रिर्पोट भने नेगेटभि आएको सुचना अधिकारी प्रविन भण्डारीले जानकारी दिए ।