७ असार, पर्वत । जिल्लामा २ जना नयाँ संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २७ र ३२ बर्षका २ जना पुरुष थपीएका हुन । उनीहरु कुश्मा नगरपालिका भित्रका रहेको बताइएको छ ।
यस अघि ५ जना स्वास्थ्यकर्मीलाई कोरोन संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका ८१ जनाको स्वाब संकलन गरिएको थियो ।
ति मध्ये २३ जनाको परिक्षण गर्दा २ जनामा पोजेटिभ आएको हो । अस्पताल श्रोतका अनुसार संक्रमीतको प्रत्यक्ष सम्पर्कमा उनीहरुको रिर्पोट पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका मध्ये १ जना चिकित्सक र १ जना स्वास्थ्यकर्मीको परिवारको सदस्य रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए ।




