५ असार, पर्वत । पर्वत जिल्ला अस्पतालमाका सेवा बन्द भएपछि सांसद पदम गिरीले सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने सुचना जारी गरेको थियो ।
जिल्लाबाट निर्वाचित संघीय सांसद गिरीले , जिल्ला अस्पताल को नियमित सेवा प्रभावित हुने असहज परिस्थितिमा सबै महानुभावहरुमा संयम ,धैर्य र सचेत रहन आग्रह गरेका छन । संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सांसद गिरीले जिल्लाको स्वास्थ्य सेवा नियमित गराउन आवस्यक स्वास्थ्यकर्मि एवं अन्य आवस्यक सामग्री तत्काल ब्यवस्था मिलाउन सरकार संग जोडदार माग समेत गरेका हुन । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबार देखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।
पर्वत अस्पतालले बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।




