५ असार, पर्वत । जिल्लाका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसंगै पर्वत जिल्लाका ब्यवसायीहरुले पसल बन्द गर्ने भएका छन् । पर्वत उद्योग बाणिज्य संघले ब्यवसायीलाई विशेष अनुरोध गर्दै पसल बन्द गर्न अनुरोध गरेको हो ।
लक डाउनको सरकारले घोषणा गरेको छैन । यस्तो अवस्थामा सरकारी निकायबाट बजार बन्द नगराए पनि ब्यवसायी आफैले पसल बन्द गरेर कोरोनाबाट बच्ने उपाय निकालेका हुन । पर्वत उद्योग बाणिज्य संघले विशेष अनुरोधपत्र सार्वजनिक गर्दै अर्को ब्यवस्था नभएसम्मका लागि अत्यावश्यक बाहेकका पसल बन्द गर्न र घरमै सुरक्षित बस्न अनुरोध गरेको छ । संघका अध्यक्ष केदारनाथ शर्माद्धारा जारी अनुरोध पत्रमा सुरक्षाका उपायहरु अवलम्बन गरी आफू र परिवारलाई सुरक्षित रहन समेत अनुरोध गरिएको छ ।
आज विहान मात्रै कोरोना संक्रमीतको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कुश्मा बजार क्षेत्रमा उच्च शर्तकता अपनाइएको छ ।




