Print

पर्वतमा संक्रमीत संख्या ४३ पुग्यो, ८ जना डिस्चार्ज

५ असार, पर्वत । जिल्लामा कोरोना संक्रमीतको संख्या ४३ पुगेको छ । भारतबाट फर्केका ३७ जना र अन्य ६ जना सहित कुल संख्या ४३ पुगेको हो । शुक्रबार मात्रै थप ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या बढेर ४३ पुगेको छ ।

यस अघि ३७ जना भारतबाट फर्केकाहरु संक्रमीत भएका थिए । ति मध्ये ८ जना निको भएर डिस्चार्ज भइसकेका छन् । १ जना भने पोखरा स्थित मणिपाल अस्पतालमा उपचारत पर्वतका विरामी संक्रमीत भएका थिए ।

आज मात्रै ५ जना जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएसंगै पर्वतमा कुल संक्रमीत संख्या ४३ पुगेको हो ।