१ असार, पर्वत । विदेशबाट फर्केर पुलिङ क्वारेन्टाइनमा बसे थप २३ जना र स्वास्थ्यकर्मी ७ जनाको आज स्वाब संकलन भएको छ । कोरोना संक्रमणको परिक्षणका लागि थप ३० जनाको स्वाब परिक्षण गरिएको हो ।
स्वास्थ्य कार्यालयका सुचना अधिकारी प्रविन भण्डारीका अनुसार भारतबाट पर्वत जिल्ला आएर पुलिङ क्वारेन्टाइनमा बसेका २३ जनाको स्वाब संकलन गरिएको हो । यस अघि स्वाब संकलन गरिएका १ सय ४२ जनाको रिर्पोट आउन बाँकी रहेको छ । यो संगै जिल्लामा कुल ५ सय जनाको स्वाब संकलन गरिएको छ ।
स्वाब संकलन गरिएकाहरुको रिर्पोट आउन समय लाग्ने भएका कारण उनीहरुको क्वारेन्टाइनको बसाई भने लम्बिदै गएको छ । क्वारेन्टाइनमा बसाई लम्बिदा ब्यय भार बढ्नुका साथै बसाई कष्टकर बन्दै गएको छ । परिक्षणका लागि प्रयोगशालामा पठाइएका स्वाबको संख्या धेरै हुँदा प्रयोगशालामा स्वाब परिक्षणको गति निकै सुस्त हुने गरेको छ ।
अहिले पुलिङ क्वारेन्टाइनमा २ सय ३९ जना मानिसकहरु बसीरहेका छन् । त्यस मध्ये ५५ जना स्थानीय तहका क्वारेन्टाइनमा गएका छन् ।




