१ असार, पर्वत । ८१ दिन लामो लक डाउन खुलेसंगै पर्वतको कुश्मा बजार पनि पुरानै लयमा फर्कने कोशिष गर्दैछ । सरकारले गत चैत ११ गते देखि लक डाउनको घोषणा गरेको थियो । लक डाउनको अवधि बढउँदै सरकारले ८१ दिनसम्म लक डाउनको घोषणा गरेको थियो । लक डाउनको ८१ दिन पछि सरकारले ८२ औं दिनको दिनबाट लडक डाउनको मोडल परिर्वतन गरेको छ । औपचािरक रुपमा लक डाउनको घोषणा गरिएको छैन् । केहि प्रतिवन्धहरु भने कायमै रहेका छन् ।
सरकारले सामाजिक दुरी कायम गर्न, माक्स, सेनिटाइजरको प्रयोग गर्न अनुरोध गरीरहेको छ भने सार्वजनिक भाडाका सवारी साधनहरु तत्काल सञ्चालन गर्न नदिने बताएको छ । योसंगै लामो रुटका सवारी साधन भने केहि समय अझै सञ्चालन हुने छैनन् । छोटो दुरीका लागि ब्यक्तिगत र रोता प्लेटका सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छैन् । यसले गर्दा पर्वतको सदरमुकाम कुश्मा बजारका पसलहरु खुलेका छन् ।
सरकारले पछिल्लो पल्ट जेठ ३२ गतेसम्मका लागि बढाएको लक डाउनको अवधि भित्र नै धेरै पसलहरुले लक डाउनको उल्लघन् गर्दै पसल सञ्चालनमा ल्याएका थिए । ति पसलहरु प्रशासन कार्यालयले बन्द गराएको थिएन् । सरकारले खाद्यन्न र अति आवश्यक पसलहरु मात्र सञ्चालन गर्न आग्रह गरे पनि त्यस बाहेकका अन्य पसलहरु फेन्सी, सुनचाँदी, खाजाघर, जुत्ता पसलहरु, टेलरिङ र मोवाइल पसलहरु सञ्चालनमा आएका थिए ।
असारको १ गते औपचारिक रुपमा लक डाउनको घोषणा नगरिए पछि पनि ति पसलहरु खुलेका छन् । पसलहरु खुलेपनि बर्षात पनि शुरु भएकाले मानिसहरुको बजारमा चाप भने देखिँदैन् । सार्वजनिक सवारी साधनहरु सञ्चालनमा नआएसम्म पसलहरु खोल्दा ब्यापार भने नहुने ब्यवसायीहरुको भनाई छ ।
कुश्मा बजारका केहि सुन पसलेहरुले नियमित सेवा सञ्चालन नगरे पनि अन्य बाँकी सवै पसलहरु खुलेका छन् । पसलहरु सञ्चालनमा आए पनि कतिपय ब्यवसायीले भने सुरक्षा अपनाएको देखिदैन् । दुरी कायम गर्ने र माक्स तथा सेनिटाइजरको प्रयोग गर्ने कुरामा ब्यवसायी भने तयारी अवस्थामा देखिएको छैन् । बार तोकेर वैकिङ सेवा प्रदान गर्दै आइरहेका वैंकहरुले नियमित वैंकिङ सेवा प्रदान गर्न शुरु गरेका छन् भने सहकारीहरु पनि खुलेका छन् ।
मोटर पाट्र्स र विद्युतीय सामाग्रीहरुका पसलहरु पनि सञ्चालनमा आएका छन् । ग्राहकको चाप नहुँदा पनि पसलहरु खोलेर कुश्माका ब्यवसायीहरु पुरानै लयमा फर्कने प्रत्यन्न गर्दैछन् ।
यसैगरी पर्वत जिल्लाको वारीवेनी, पातिचौर, डिमुवा, हुवास बजारका पसलहरु पनि खुल्न थालेका छन् । नियमित रुपमा प्रवाह हुने सेवाहरु ति पसलहरुबाट प्रवाह हुन थालेका छन ।
एता, पर्वत जिल्लामा भने कुल २६ जना संक्रमीत भेटिएका छन् । भारतबाट आइ क्वारेन्टाइनमा बसेका २५ जना र पोखराको अस्पतालमा उपचाररत १ जना गरी कुल २६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको उपचार भईरहकेो छ । बाँकी १ सय २७ जनाको कोरोना रिर्पोट आउन बाँकी छ । उनीहरुको स्वाब प्रयोगशालामा पुगेको छ ।
जिल्लामा अहिले झण्डै ३ सय भन्दा बढि ब्यक्तिहरु क्वारेन्टाइनमा बसीरहेका छन ।




