३१ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमीतको संख्या २६ पुगेको छ । शनिवार थप ४ जनाको रिर्पोट पोजेटिभ आएसंगै पर्वतमा कोरोना संक्रमीतको संख्या २६ पुगेको हो । संक्रमीत मध्ये २५ जनालाई पर्वत कोरोना अस्पतालमा उपचार गरिदैछ भने बाँकी १ जना पोखरामा उपचाररत छन् ।
संक्रमीतको संख्या बढ्दै जाँदा भने आइसोलेसन बेडको अभाव हुँदै गएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार संक्रमीत बढ्दा उनीहरुको उपचारका लागि बेडको अभाव हुँदै गएको छ ।
पर्वत कोरोना अस्पताल स्थापना गर्दै २० शैयाको वेड स्थापना गरिए पनि त्यो संख्या न्यून हुँदा वेडको क्षमता बढाउनुपर्ने भएको अस्पतालका प्रमुख डा. देवकोटा बताउँछन् । पर्वतका ७ वटै स्थानीय तहले लगानी गरेर कोरोना अस्पतालको निर्माण गरेका छन् । संयुक्त पैसा लगानी गरेर स्थापना गरेको अस्पतालमा वेड अभाव भएसंगै थप ८० वेड संख्या बनाउने यस अघि नै निर्णय भएको छ ।
निर्णय भए पनि तत्काल भने वेड तयार नहुँदा विरामीको उपचारमा समस्या सृजना हुने भएको छ । उता, क्वारेन्टाइनमा बस्नेको संख्या धेरै छ । नमुना संकलन भएकाहरु मध्ये पनि अझै सय भन्दा बढिको रिर्पोट आउन बाँकी छ । योसंगे उनीहरुमा संक्रमणको जोखिम उच्च छ ।
संक्रमीतको संख्या बढ्ने अनुमान अस्पतालका प्रमुख डा. देवकोटाले गरेका छन । औषतमा रिर्पोट जाँच भएका र पोजेटिभ आएकाको संख्या उच्च दरमा देखिन्छ । यसले संक्रमीतको संख्या बढ्ने भएको छ । तयारीको अभाव हुने हो संक्रमीतको ब्यवस्थापन गर्न भने चुनौतिपूर्ण देखिनेछ ।




