Print

‘लिम्पियाधुरा सहितको निशाना छापको पक्षमा मतदान गर्न पाउँदा गौरबान्दित भएको छु’–सांसद गिरी

३१ जेठ, पर्वत । नेपालको राजनैतिक इतिहासमा आजको दिन गौरबपूर्ण बनेको छ । लिम्पियाधुरा सहितको नश्सा समेटिएको नेपालको नक्शा औपचारिक रुपमा संसद वैठकबाट अनुमोदन गर्दै नयाँ निशाना छाप पास गरिएको छ । योसंगै देशभर उत्साह र खुशीयाली मनाइएको छ ।

पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ निर्वाचित सत्तारुढ दल नेकपाका युवा सांसद पदम गिरीले लिम्पियाधुरा सहितको नक्शाको पक्षमा सदनमा उभिन पाउँदा आफूलाई गौरबको महशुस भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा सांसद गिरीले पर्वत बासीहरुलाई यो एतिहासिक अवसर प्रदान गरेको भन्दै धन्यवाद र बधाई समेत ब्यक्त गरेका छन । सांसद गिरीले आफ्नो जीवनको सवै भन्दा खुशीको क्षण लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्शा सहित बनेको निशाना छापको पक्षमा संविधान संशोधनको विधेयकको पक्षमा आफूले मतदान गर्दा गौरबको महशुस भएको धारणा ब्यक्त गरेका छन् ।

यसैवीच, नयाँ नक्शा सहितको निशाना छाप बनेको पर्वत जिल्लामा दिप प्रज्वलन गरी स्वागत गरिएको छ । पर्वतको कुश्मामा स्थित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कार्यालय, लोकतन्त्र चोकमा सामूहिक दिप प्रज्वलन गरिएको छ । आजै जिल्लामा ब्यक्तिहरुले घर घरमा समेत दिप प्रज्वलन गरी खुशीयाली मनाएका छन् भने सरकारी कार्यालयहरुमा समेत दिप प्रज्वलन गरिएको छ ।