Print

पर्वतमा थपिए १३ जना कोरोना संक्रमीत, कुल संख्या २२ पुग्यो

३० जेठ, पर्वत । जिल्लामा थप १३ जना कोरोना भाइरसका संक्रमीत फेला परेका छन । पोखरा स्थित क्षेत्रीय प्रयोगशालमा भएको पिसिआर परिक्षण मार्फत थप १३ जना संक्रमीत फेला परेका हुन् । यो संगै पर्वतमा कुल संक्रमीत संख्या २२ पुगेको छ ।

संक्रमीत मध्ये एक जना ३५ बर्षका मानिस पोखरा स्थित मणिपाल अस्पतालमा उपचाररत पुरुष छन् । उनी कुश्मा नगरपालिकाका हुन ।

योसंगै कुश्मा नगरपालिकाका १० जना, पैपू गाउँपालिकाका १ जना, विहादी गाउँपालिकाका १ जना र एक जनाको ठेगाना खुलेको संक्रमीत फेला परेका छन् ।