२९ जेठ, पर्वत । पर्वतमा भारतवाट आएर क्वारेन्टीनमा बसेका ६० जना नागरिकको बिहीवार स्वाब संकलन गरि परिक्षणका लागि चितवन पठाईएको छ । पोखरा स्थित गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट कोरोनाको पिसिआर परिक्षणको रिर्पोट आउन ढिलाई भएपछि पर्वतमा संकलित थ्रोड स्वाब चितवन पठाईएको हो ।
यस अघि पोखरा स्थित क्षत्रीय प्रयोगशालामा पठाइएका १ सय ६७ जनाको रिर्पोट आएको छैन । आज संकलन गरिएकासंगै जिल्लामा २ सय २७ जनाको पिसिआर रिर्पोट आउन बाँकी रहेको छ ।
पर्वत जिल्लामा यस अघि ९ जना संक्रमीत पुष्टि भएपछि उनीहरु उपचाररत छन् । उनीहरुको समेत दोस्रो रिर्पोटको नतिजा अहिलेसम्म आएको छैन । योसंगै क्वारेन्टाइनमा बसेकाहरुले रिर्पोट नआउँदा आक्रोस ब्यक्त गरेका छन् ।




