२९ जेठ, पर्वत । पर्वतमा भारतवाट आएर क्वारेन्टीनमा बसेका ६० जना नागरिकको बिहीवार स्वाब संकलन गरि परिक्षणका लागि चितवन पठाईएको छ । पोखरा स्थित गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट कोरोनाको पिसिआर परिक्षणको रिर्पोट आउन ढिलाई भएपछि पर्वतमा संकलित थ्रोड स्वाब चितवन पठाईएको पर्वत जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।
पर्वतबाट परिक्षणका लागि श्वाब पठाएको एक हप्ता सम्म रिर्पोट नआएपछि नयाँ संकलित थ्रोड स्वाब चितवन स्थित प्रयोगशालामा पठाइएको हो ।
पर्वत जिल्लामा भारत र तेस्रो मुलुकबाट आएका र आइशोलेशनमा उपचाररत रहेका संक्रमितहरुको बिहीबार स्वाब संकलन गरिएकोे छ ।
पर्बतको शिवालय क्वारेन्टिनमा बसेका ४२ जना बन्दना होटलको क्वारेन्टिनमा बसेका ९ जना र कोरना अस्पतालको आईशोलेशनमा रहेका ९ जना गरी ६० जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाईएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
उनीहरुको रिर्पोट शनिबार भित्रमा आउने बताईएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको श्वाबको रिर्पोट एक हप्ता सम्म आएको छैन । पर्वत जिल्लाबाट पठाइएको १ सय ६७ जनाको परिक्षण रिर्पोट आउन बाँकी छ ।
पर्वत अस्पतालका प्रमुख देवकोटाका अनुसार भारत वाट आएका झण्डै २५र ३० जनाको नमुना संकलन गरेर काठमाण्डौको टेकु प्रयोगशालामा पठाउने तयारी भएको छ ।




