३१ वैशाख, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मेघनाथ सुवेदीले वर्तमान राजनीतिमा प्रधानमन्त्रीको विकल्प खोजीन नहुने धारणा ब्यक्त गरेका छन् । देशमा स्थिर सरकार बनेको अवस्थामा देशलाई अस्थिरता तर्फ धकल्न प्रधानमन्त्री ओलीको विकल्प खोजीन नहुने नेता सुवेदीको तर्क छ ।
देशले विकास निर्माणको कामले गति लिइरहेको बेलामा राजनीतिमा सरकार परिर्वतनको विषय उठनु दुखत रहेको नेता सुवेदीले बताए । सधै राजनैतिक खिचातानी गरेर देशलाई अविकसित बनाई राख्ने कार्यमा नलाग्न सुवेदीले सवैलाई आग्रह गरे । उनले विकासको अभियानमा सवैको साथ दिनुपर्ने धारणा राख्दै सुखी नेपाली सम्बृद्ध नेपालको नारामा सरकाले सफलता पाउने विश्वास समेत दिलाए ।
नेता सुवेदीले कुश्मा नगरपालिका भित्र वर्तमान सरकारको पहलमा धेरै विकास निर्माणका कार्यहरु भइरहेको समेत सुवेदीे बताए । सत्तारुढ दल नेकपाका गण्डकी प्रदेश कमिटिका सदस्य समेत रहेका सुवेदीले प्रदेश र संघले कुश्मा नगरपालिकाको विकासमा विशेष भूमिका खेलीरहेको समेत उल्लेख गरे ।
पार्टी एकताको चरणमै रहीरहेको बेलामा प्रधानमन्त्री वा अध्यक्ष परिर्वतनको कुरा अघि ल्याउने कुरा नै गलत रहेको नेता सुवेदीको भनाई छ । नेता कार्यकर्ताका केहि गुनासो भए नेतृत्वले सम्बोधन गरी पार्टी एकतालाई थप मजबुद बनाउने कार्यमा लाग्न समेत नेतृत्वलाई नेता सुवेदीले आग्रह गरे । उनले पार्टी फुट्ने भन्ने हल्ला भएको बताउँदै एकताबद्ध कम्युनिष्ट पार्टी नै आजको आवश्यकताको रहेको औल्याए । दुई अध्यक्षको सल्लाहमा आगामी स्थायी कमिटिको वैठक बस्ने र त्यसले पार्टीलाई थप एकताबद्ध गराएर लैजाने नेता सुवेदीको भनाई छ ।




