Print

बागलुङको गलकोटबाट मजदुरलाई पर्सा लैजाने चालक सहित १४ जनाको कोरोना रिर्पोट नेगेटिभ

१ जेठ, बागलुङ । गलकोटबाट पर्सा गएका १४ नागरिकमा कोरोना भाइरस संक्रमण भएपछि बागलुङको गलकोटमा उनीहरुको सम्पर्कमा रहेकाहरको कोरोना परिक्षण गरिएको छ । गलकोटबाट ८४ जना दुईवटा बसमा गएका थिए ।

उनीहरुलाई लिएर बागलुङबाट गएका चालकहरुको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सहित १५ जनको स्वाब परीक्षण गर्न पोखरा पठाइएकोमा १४ जनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले दिए ।

संकललीन नमुना मध्ये एक जना गलकोट नगरपालिका वडा नम्बर ६ की बृद्धाको रिपोर्ट आउन बाँकी रहेको छ । ति महिलालाई संक्रमणका सम्भावित लक्षणहरु देखिए पछि परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।