Print

आगामी बजेटमा शिक्षा र स्वास्थ्यको सुनिश्चितता हुनुपर्छ – सांसद गिरी (भिडियो सहित)

३१ वैशाख, पर्वत । प्रतिनिधि सभाको आजको वैठकमा बोल्दै सांसद पदम गिरीले जनताको शिक्षा र स्वास्थ्यलाई सुनिश्चितता हुने गरी आगामी बजेट ल्याउन माग गरेका छन् । जनताले स्वास्थ्य र शिक्षाको ग्यारेन्टी सरकारबाट खोजेका कारण बजेटमा त्यस कुराको सुनिश्चितता हुनुपर्ने सांसद गिरीको माग गरे ।

सरकारले ल्याउन लागेको आगामी बजेटमा कोरोनाको असर देखिने कुरा उल्लेख गर्दै सांसद गिरीले विदेशबाट आउने नेपालीलाई उत्पादनमा जोड्ने गरी बजेटको ब्यवस्थापन हुनेपर्ने समेत सांसद गिरीले माग गरे । सरकारले सोधान्तरमा ७० अर्व वचत गर्नु आफैमा उपलब्धि भएको तर्क सांसद गिरीको थियो ।

सरकारको बचाउ गर्दै सांसद गिरीले विनोयोजन विधेयकले धेरै कुरा समेटेको बताए ।