Print

पर्वतमा लक डाउन कडा बनाउने तयारी

३० वैशाख, पर्वत । विगत केहि दिन देखि पर्वतमा खुकुलो बनाइएको लक डाउनमा पुनः कडाई गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा सम्बद्ध अधिकारीहरु र विपद् ब्यवस्थापन समितिको वैठकले लक डाउन पुनः कडा बनाउने तयारी गरेको हो । देश भर पछिल्ला दिनमा संक्रमीतको संख्या बढ्न थालेपछि लक डाउनमा पुनः कडाई गर्न लागिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सरकारले घोषणा गरेको लक डाउन पछिल्ला दिनहरुमा केहि खुकुलो बनाइएको थियो । लक डाउन खुकुलो बनाउँदा ंसंक्रमकणको सम्भावना बढेको भन्दै सुरक्षा निकायले लक डाउन खुकुलो नबनाउने निश्कर्ष निकालेको श्रोतको भनाई छ । बुधवार बसेको विपद् ब्यवस्थापन समितिको वैठकले लक डाउनलाई थप कडा बनाउने गरी निर्णय गरेको बताइन्छ ।

लक डाउन कडा बनाएसंगै जिल्ला बाहिर जाने सवै पास रद्ध र बन्द गरिनेछ भने सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय हुने बताइएको छ ।