Print

कुश्मामा सत्तारुढ दलका विद्यार्थीको सडक प्रदर्शन : ‘गो ब्याक इन्डिया’

३० वैशाख,पर्वत। भारतले लिपुलेक र लिम्पीयाधुरामा सडक बनाएको विरोधमा अनेरास्ववियू पर्वतले बिरोध प्रर्दशन गरेको छ। नेपालको भौगोलिकता र राष्ट्रिय स्वाधिनतामा ठेस पु¥याउदै सीमाना मिचेको प्रति तत्काल नेपाली भूमि नेपाललाई फिर्ता दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको हो।

कुश्माको लोकतान्त्रिक चोकमा अनेरास्ववियूले नारा जुलुश गर्दै विरोध जनाएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयबाट लोकतान्त्रिक चोकसम्म विद्यार्थीहरुले नारा जुलुश लगायका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्न खोजेका विद्यार्थीहरुलाई प्रहरी रोकेको थियो।

भारतीय विस्तारवाद मुर्दावाद हाम्रो भूमि फिर्ता दे, गो व्याग इन्डिया, सीमा सुरक्षा कायम गर, अनेरास्ववियू जिन्दावाद लगायतका प्लेकार्डसहित विद्यार्थीहरु विरोधमा उत्रिएका हुन्। अनेरास्ववियूका केन्द्रीय सदस्य विजयप्रकाश सापकोटा, विधार्थी नेता लकास सुवेदी, अनेरास्ववियू जिल्ला संयोजक तेज प्रसाद शर्मा, जिल्ला सह संयोजक सुवास पौडेल, विक्रम ढुङ्गाना, दिपक पुरीलगायत अनेरास्ववियू सम्वद्ध जिल्लाका विद्यार्थी नेताहरुले भारतीय विस्तारवादको विरुद्धमा सरकारलाई नेपाली भूमि फिर्ता गराउनुपर्ने दवाव दिनका लागि विरोध प्रर्दशन गरिएको केन्द्रीय सदस्य विजयप्रकाश सापकोटाले बताए।

विद्यार्थीहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले मानसरोवर जाने सडक बनाउनु देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि नै अतिक्रमण भएको भन्दै कुनैपनि नेपालीलाई सैह्य नहुने बताएका थिए। राष्ट्रियतामाथि भारतको आक्रमण भएको तर सरकार भने वक्तव्यबाजीमा सीमित रहेकोले छिटोभन्दा छिटो कुटनीतिक पहल गरी आफ्नो भूमि फिर्ता गराउनुपर्ने बताएका थिए। नेपाली भूमिको रक्षा गर्न सार्थक कूटनीतिक पहलका लागि उनीहरुले सडकबाट सरकारलाई आग्रह गरेका हुन्।?रउश्र