Print

पर्वतमा थप ६ जनाको कोरोना परिक्षण नेगेटिभ

२२ वैशाख, पर्वत । थ्रोड स्वाब संकलन गरी परिक्षण गरिएका थप ६ जनाको रिर्पोट नेगेटिभ आएको छ । संक्रमणका सम्भावित लक्षण सहितका ६ जनाको स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

पोखरा स्थित स्वास्थ्य निर्देशनालयको क्षेत्रीय प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिर्पोट नेगेटिभ देखिएको हो । उनीहरुको विवरण भने खुलाइएको छैन् ।

योसंगै पर्वत जिल्लामा कुल ९३ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ देखिएको छ ।

पर्वतमा हालसम्म कुल ३ सय ९० जनाको आरडिटि परिक्षण गरिएको छ । उनीहरुमा पनि एन्टीबडी नेगेटिभ देखिएको छ ।