Print

लक डाउनका वीच मध्यपहाडी लोकमार्गको कुश्मा खण्डमा सडक जाम

१५ वैशाख, पर्वत । सरकारले लक डाउन घोषणा गरेको ३४ दिन पुरा भएको छ । लक डाउनका कारण सार्वजनिक यातायात पूर्ण रुपमा बन्द छन् ।

यातायात वन्दका वीचमा मध्य पहाडी लोकमार्गमा भने सडक जाम भएको छ । डक डाउनका वीच परेको बर्षातका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड हिलाम्मे बनेको छ । सडक निर्माणकै चरणमा लक डाउन हुँदा सकड निर्माण कार्य रोकिएको थियो ।

सडक निर्माण कार्य शुरु भए पनि कतिपय खण्डमा हिलोको भाग नहटाउँदा सडकमा धौलागिरी क्षेत्रमा आएका बस र मालबहाक ट्रकहरु फसिएका छन । सोमबार विहान कुश्मा नगरपालिका वडा न ७ खरेहामा हिलोका कारण सडकमा बस तथा मालबहाक ट्रकहरु केहि बेर रोकिएका थिए ।

लक डाउनलाई कडा बनाउने भनेर सरकारले घोषणा गरीरहे पनि जिल्ल्लामा ठूला शहरबाट मानिसहरु फर्कने क्रम नरोकए पछि सडकमा सवारीको चाप बढेको हो ।

आइतबारसम्म मात्रै पर्वत जिल्लामा अन्य जिल्लाहरुबाट झण्डै ५ सयको संख्यामा मानिसहरुको भित्रिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । यसैगरी वागलुङ, म्याग्दी र मुस्ताङमा पनि पर्वत हुँदै मानिसहरु भित्रने क्रम रोकिएको छैन ।

सरकाले भने ३४ दिनको लामो लक डाउनमा थप १० दिन थप गरेको आइतबार निर्णय गरेको छ ।