Print

पर्वतका स्वास्थ्यकर्मीहरुका लागि २५ सय सर्जिकल माक्स हस्तान्तरण

१३ वैशाख, पर्वत । काठमाडौ नयाँबानेश्वरस्थित माउन्टेनमग कफीका सञ्चालक प्रकाश लामिछानेले पर्बत जिल्लाका सम्पुर्ण स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको लागि २५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छन ।

जिल्लास्थित कोरोना अस्पतालको लागि १०० पिस र अन्य नगर तथा गाउँपालिकामा रहेका सम्पुर्ण ग्रामिण स्वास्थ्यचौकीको लागि ५०/५० पिस गरि कुल २५ सय पिस सर्जिकल मास्क हस्तान्तरण गरिएको लामिछानले जानकारी दिए । बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै मास्कको संकट परिरहेको अबस्थामा माउन्टेनमगले गरेको यो सहयोगले ठूलो राहत पुर्याएको मोदी गाउँपालिकाका प्रबक्ता बिमल लामिछानेले बताउँछन ।

माउन्टेनमग कफी पर्बतका नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा उद्दमी प्रकाश लामिछाने नेतृत्वको सस्थाले नेपालका प्रतिष्ठित होटेल ब्यबसायी समुहको साझेदारीमा सन्चालन गरेको सस्था हो ।

करिब ८० लाख लगानीमा ३ महिना पहिले सुरुवात गरिएको यो कफीले बिश्वस्तरिय प्रशोधन बिधिबाट प्रशोधित कफी भर्खर प्रीओपनिङ्ग गरिएको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको माउन्टेनमगको आफ्नै कफी सपबाट बिक्रि गरिरहेको थियो। कोरोना सङ्क्रमण अन्त्यलगत्तै काठमाडौ,पोखरा र जापानमा थप आफ्नै कफी सप सन्चालन गरि बिक्रीवितरण गर्ने योजना रहेको जानकारी गराइएको छ।

सर्जिकल माक्स राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना मार्फत पर्वत जिल्लामा उपलब्ध गराइएको सस्थाका निर्देशक सुशील ढकालले जानकारी दिए ।