२९ चैत, पर्वत । जिल्लाको कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा कोराना भाइरसको ¥यापिड टेष्ट गरिएको छ ।
कुश्मा नगरपालिकामा ४५ जना र फलेवास नगरपालिकामा ५७ जनामा गरिएको टेष्ट नेगेटिभ देखिएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
पर्वत जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय मिलेर जिल्लामा विदेशबाट फर्किएकाहरुको ¥यापिड टेष्ट शुरु गरेका छन ।
जिल्ला भरी विदेशबाट चैत महिनामा भित्रिएकाहरुको परिक्षण कार्य भईरहेको छ । पहिलो दिन कुश्मा र फलेवास नगरपालिकामा परिक्षण शुरु गरिएको र भोली जिल्लाका बाँकी सवै पालिकाहरुमा विदेशबाट फर्किएकाहरुको ¥यापिड परिक्षण हुने डा. देवकोटाले जानकारी दिए ।




