२८ चैत, पर्वत । विहादी गाउँपालिकाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलमा आयोजना हुने संक्रान्ति मेलामा राक लगाइएको छ । गाउँपालिकाका अध्यक्ष कमल भुषालले आज एक विज्ञप्ति जारी गर्दै उक्त मेलामा सहभागी नहुन आग्रह गरेका छन ।
हिन्दु धर्माबलम्बिहरुका लागि शालिग्राम क्षेत्र पवित्र धार्मिक स्थलको रुपमा मानिन्छ । उक्त क्षेत्रमा प्रत्येक नयाँ बर्षको दिन विशेष मेला लाग्ने गर्छ । शालीग्राम क्षेत्रमा पुगेर कालीगंगाको स्थान गर्दा पुन्य प्राप्ति हुने जनविश्वास रहँदै आएको छ ।
पर्वत, स्याङजा र गुल्मी जिल्लाबाट पनि उक्त क्षेत्रमा शालीग्रामको दर्शन र गंगा स्थानका लागि नयाँ बर्षमा सयौको संख्यामा भक्तजनहरु आउने गर्छन । संघिय सरकारले कोरानो भाईरस रोकथामका लागि लक डाउनको घोषणा गरेका कारण स्थानीय सरकारको रुपमा रहेको विहादी गाउँपालिकाले लक डाउन अवधिमा उक्त क्षेत्रमा मेला नगर्न स्थानीयलाई आग्रह गरेको हो ।
महामारी रोगको रुपमा फैलदै गरेको कोभिङ–१९ नामक भाइरसका कारण २० दिन देखि नेपालमा लक डाउनको घोषणा गरिएको छ । यो अवधिमा मेला, महोत्सव र मानिस जमघट हुने कार्यमा सरकारले रोक लगाएको छ ।
गाउँपालिकाका अध्यक्ष भुषालले पनि संक्रमण फैलन सक्ने भन्दै यो बर्षको वैशाखे संक्रान्ति मेला गर्न रोक लगाएको पर्वत न्यूज डटकमलाई जानकारी दिए । उनले घर मै बसेर नयाँ बर्ष मनाउन सवैलाई आग्रह समेत गरे । देशको विषम अवस्थालाई मध्यनजर गर्दै कोरोना भाईरस विरुद्धको लडाईमा साथ दिन सवैलाई आग्रह समेत गरे ।




