२९ चैत बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुपाटा पाग्जामा शनिबार दिउँसो परेको चट्यान लागेर २६ वर्षीय युवाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् ।
घरको पिढीँमा बसिरहेका गलुवाका शंकर रिजाललाई शनिबार दिउँसो ४ बजे परेको चट्यान लागेर ज्यान गएको हो ।
रिजालको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिए। चट्यान लागेर ढाँडाकी ४१ वर्षिय कोपिला हरिजन, ६२ वर्षिय फुलमती हरिजन, २६ वर्षिय लक्ष्मी नेपाली र ७२ वर्षिय ताराखर सार्की घाईते भएका छन ।
घाईते चारै जनाको धौलागिरी अंचल अस्पतालमा उपचार भैरहेको छ । घाईते ७२ वर्षिय ताराखर सार्कीको अवस्था गम्भिर रहेको छ । चट्यान लागेर सामान्य घाईते पहरेका ४१ वर्षिय मानबहादुर कुँवर र सावित्री हरिजन घरमै रहेका थिए ।




