Print

‘पोखरामा कोरोना संक्रमीत भेटिएका छैनन’

२१ चैत, पर्वत । केहि अनलाईनहरुले पोखरामा सातौं कोरोना संक्रमीत भेटिए भनेर गरिएको प्रचार झुटो रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालका नवराज शर्माद्धारा जारी विज्ञप्तिमा आज १५ वटा नमुना परिक्षण गरिएकोमा सवै नतिजा नेगेटिभ आएको जनाएको छ ।

विज्ञप्तिमा पोखरामा संक्रमित भेटिए भनेर आएको समाचार प्रति स्वास्थ्य निर्देशनालयको ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा नमुना परिक्षण गर्न पोखराको ल्याव तयार रहेको समेत जनाइएको छ ।

शर्माद्धारा जारी विज्ञप्तिमा बागलुङका ६ बर्षिया बालकको परिक्षणको नतिजा पनि नेगेटिभ आएको जनाएको छ । यस बाहेक बागलुङमा उपचाररत दुई जना संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य रहेको विज्ञप्तिमा उल्लेखग गरिएको छ ।

दिउँसो देखि केहि अनलाईन र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पोखरामा संक्रमीत भेटिए र उनको घर बागलुङ रहेको भन्दै समाचारजन्य सामाग्रीहरु सम्प्रेषण गरेका थिए ।