१६ चैत, पर्वत । विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा बढ्दै गईरहेको बेला पर्वत जिल्ला पनि उच्च जोखिममा परेको छ । हालसम्म देशभर ५ जनालाई संक्रमण पुष्टि भएकोमा एकजनालाई भने निको भइसकेको छ ।
बाँकी ४ जना उपचाररत छन । ४ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताईन्छ । पछिल्लो रिर्पोटले पर्वत जिल्लाबासी वीच भने त्रास बढाएको छ । पछिल्लो रिर्पोटमा छिमेकी जिल्ला बागलुङकी एक युवतीमा संक्रमण पुष्टि भएको छ । वेल्जिएमबाट कतार हुँदै नेपाल आएकी ति युवतीमा संक्रमण पुष्टि भएको हो ।
उनी पर्वतको सिमाना जोडिएको बागलुङ नगरपालिका वडा ४ कुडुलेकी स्थायी बासिन्दा हुन । उनी कतार हुँदै नेपाल आएकी थिइन । परिवार श्रोतका अनुसार काठमाण्डौं देखि पोखरासम्म आन्तरीक उडान मार्फत आएकी उनी पोखरा देखि जीप चढेर बागलुङ गएकी थिइन । घरमा आएको केहि दिनमै ज्वरो देखिएपछि उनले औषधि खाइन र निको भइन । संक्रमण दोहारिएर पुनः सामान्य ज्वरो आएपनि उनी घरमै आराम गरेर बसेकी थिइन ।
चैत ४ गतेको उडानमा फ्रान्सबाट कतार हुँदै काठमाण्डौं आएकी एक किशोरीलाई संक्रमण पुष्टि चैत ११ गते भयो । सोहि विमानमा आएकी किशोरीलाई संक्रमण पुष्टि भएपछि बागलुङकी ति युवतीलाई घरमै पुगेरका स्वास्थ्यकर्मीको टोलीले ल्याव परिक्षणको लागि स्वाब निकालेको थियो । छिमेकी जिल्लामा कतार एरवेजबाट आएका ४ जना मध्ये हालसम्म उनको संक्रमण पुष्टि भएको छ ।
४ जना मध्ये एक जना ढोरपाटनमा आफ्नै घरमा छन भने एक जना पर्वत जिल्लाको कोरोना अस्पतालमा भर्ना भएका छन । बाँकी एक जना पनि घरमै रहेको बताईन्छ । बाँकी ३ जना मध्ये ढोरपाटनका युवालाई सामान्य रुघा खोकी लागे पनि बाँकीलाई भने लक्षण नदेखिएको बताईन्छ । पर्वतमा भर्ना भएका युवाको भने परिक्षणको रिर्पोट आउँदैछ ।
छिमेकी जिल्लामा संक्रमण पुष्टि भएसंगै उनीहरुको पर्वत सम्पर्क र सम्बन्धको बारेमा जनचासो बढेको छ । संक्रमीत पुष्टि भएकी युवती पर्वत हुँदै बागलुङ गएकी थिइन । बाँकी संक्रमण पुष्टि भएकाहरुरु पनि पर्वतकै बाटो प्रयोग गरेका थिए । यी दृटान्त मात्र होइन पर्वतमा विदेशबाट फर्केकाहरुको लिष्ट निकै ठुलो देखिन्छ । झण्डै २ सय ५० को संख्यामा विगत दुई हप्ता देखि पर्वतमा स्थानीयबासीहरु भित्रिएका छन । अधिकाश भारतबाट आएको तथ्यांकले बताउँछ भने, कतार, मलेसिया र दुवैबाट आउनेको सख्या पनि ठुलो छ ।
युरोपेली देशबाट पर्वत जिल्लामा आउनेको सख्या पनि उल्लेख्य देखिन्छ । यी दाजुभाई दिदिवहिनीहरुमा पनि संक्रमणको सम्भावना उच्च देखिन्छ । हालसम्म प्राप्त तथ्यांकलाई हेर्दा पर्वत जिल्लामा भित्रने कोहि पनि औपचारिक रुपमा क्वारेन्टाइनमा बसेका छैनन । उनीहरु गाउँमै छन र परिवारकै सम्पर्कमा छन । उच्च जोखिममा रहेका कसैलाई पनि पर्वतको प्रशासन र स्थानीय तहहरुले क्वारेन्टाइनमा राख्न सकेको छैन । परिवारसंगको सम्पर्कमा रहेका उनीहरु कतिजनालाई सम्भावित लक्षण देखिएको छ भन्ने तथ्यांक अझै पनि निस्कन सकेको छैन ।
गाउँपालिकाले चाहेमा उनीहरुलाई पालिका स्तरीय क्वारेन्टाइन निर्माण गरी सुरक्षित तरिकाले राख्न सकिन्छ । तर स्थानीय तहहरुले सकभर घरमै राख्ने दाउमा देखिन्छन । कुश्मा र मोदी गाउँपालिकाले बाहेक औपचारिक रुपमा पालिका स्तरीय क्वारेन्टाइन निर्माण गरेका छैनन ।
विदेशबाट फर्केकाहरु गाउँघरमा निस्फ्रकी घुमेका र गाउँमा रहेका स्थानीयहरुले पनि नियम पालना नगरेको गुनासो देखिन्छ । गाउँघरमा टोल भेला गर्ने, चौतारीमा गफ गर्ने र चियापसलमा जम्मा हुने दर घटेको छैन । खसी, बोका काटेर भोज गर्ने दर पनि बढेको देखिन्छ । सामूहिक मेलापातमा जानेहरुको संख्या पनि त्यत्तिकै छ ।
कतिपय बजारमा बस्नेहरु गाउँ जाने गाउँ घुम्ने र फेरी बजारको अवस्था बजार झर्नेहरु पनि पर्वतमा देखिन्छन । भुगोल नछोडन सरकारले गरेको आग्रह लत्याएको देखिन्छ । रोग आएको छैन भन्ने बहानामा अवस्थालाई सामान्य आकलन गर्नेहरु पनि पर्वतमा अझै पनि देखिन्छन । बजार क्षेत्रमा पनि बजारको अवस्था हेर्नकै लागि विना काम पनि बजारमा हिडडुल गर्नेहरु छन । यसले पनि संक्रमणको उच्च सम्भावनालाई इंकित गरेको छ ।
स्थानीय तहहरुले विदेशबाट फर्केकाहरुको नामावली निकाल्न समे समय लगाए । कोरोना अस्पतालमा चाहिने महत्वपूर्ण उपकरणहरु अझै पनि आइपुगेका छैनन । पिपिइको अभाव भएको भन्दै स्वास्थ्यकर्मीहरु अझै पनि त्रासको अवस्थामा छन । यी सवै कारण कोरोना विरुद्धको लडाईले उच्च सफलता पाउँछ भन्नेमा अझै पनि ढुक्क हुने अवस्था छैन ।




