Print

अपडेट : बागलुङकी कोरोना संक्रमित युवतीको उपचार बागलुङ हस्पिटलमै हुने

१५ चैत, पर्वत । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको उपचार धौलागिरी अञ्चल अस्पताल बागलुङमै हुने भएको छ ।

राती अवेर जिल्ला प्रशासन कार्यालयमा सम्पन्न वैठकले उनको उपचार अञ्चल अस्पताल बागलुङमै गर्ने निर्णय गरेको पत्रकार हरीनारायण गौतमले जानकारी दिएका छन ।

बेल्जियमबाट नेपाल आएकी बागलुङकी ति युवतीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।