Print

‘पर्वत अस्पतालका डाक्टर २४ सै घण्टा उपचारका लागि तयार छन’–डा. देवकोटा

२७ चैत, पर्वत । कोरोना संक्रमणका कारण डाक्टरहरुले विरामीको उपचार गर्न छाडेको समाचार सार्वजनिक भइरहेका छन । कतिपय अस्पतालमा विरामीले उपचार नपाएका कारण विरामीको मृत्यु भएको भन्ने गुनासोहरु पनि सञ्चारमाध्यमहरुमा आइरहेका छन ।

कतिपय डाक्टरहरुले पिपिइको अभाव देखाउँदै विरामी जाँच्न छोडेको भए पनि पर्वत जिल्ला अस्पतालका डाक्टरहरु विरामीको उपचार गर्न २४ सै घण्टा तयारी अवस्थामा रहेको अस्पतालका निमिक्त सुपरीटेण्डन डा. शिशिर देवकोटाले दावी गरेका छन ।

उनले सरकारको निर्देशन र डाक्टरहरुको कर्तब्यलाई आफूहरुले पूर्ण रुपमा पालना गरीरहेको समेत बताए । विरामी जाँच्न छाडे डाक्टरले भन्ने हल्ला आइरहेको बेलामा आफूहरु भने २४ सै घण्टा कोरोना बाहेकका विरामीको उपचारका लागि समेत तयारी अवस्थामा बसीरहेको बताएका छन ।

बेग्लै कोराना अस्पतालको स्थापना गरेर कोरोना विरुद्धको अभियानमा जुटेको पर्वत अस्पतालका डा. देवकोटाले लक डाउनको अवधि शुरु भएपछि भने आधा दर्जन शल्यक्रियाहरु सम्पन्न भएको जानकारी दिए । एकै दिन ४ वटासम्म प्रसुति सेवाको शल्यक्रिया गरेको अस्पतालले ज्वरोको विरामी जाँचका लागि फिवर क्लिनिक समेत सञ्चालनमा ल्याएको छ ।

ज्वरोका विरामीको स्क्रिनिङ गरी आवश्यकता अनुसार उपचारको प्रक्रिया मिलाइएको देवकोटाले जानकारी दिए । उनले जिल्लाका सवै औषधि पसल र मेडिकलहरुमा आएका ज्वरोका विरामीलाई जिल्ला अस्पतालमा पठाईदिन पनि अनुरोध गरेका छन ।

‘उच्च ज्वरो देखिएमा तपाईहरुले उपचार नगर्नुुहोस’ औषधि ब्यवसायीको वैठकमा उनले ज्वरोका विरामीको एकिकृत उपचार जिल्ला अस्पतालबाट गरिने बताएका थिए । विरामीहरुको ट्राभल हिस्ट्री हेरेर मात्र उपचारका विधि अस्पतालले अपनाउने उनको भनाई छ । जिल्ला अस्पतालले प्रदेश भरीमा अग्रभागमा धेरै संख्यामा कोरोना परिक्षणको काम गरीरहेको छ ।

बागलुङमा शुरु भएको ¥यापिट टेष्ट पर्वतमा पनि शुरु हुने डा. देवकोटाको भनाई छ । उनले पहिलो चरणमा १ सय जनाको ¥यापिट टेष्ट गर्ने समेत जानकारी दिए । अस्पतालमा इमेरजेन्सी सेवा सञ्चालनमै रहेको देवकोटाको भनाई छ ।