Print

फलेवासमा विदेशबाट फर्किएका ९ जनाको रिर्पोट नेगेटिभ : ‘जोखिम अझै बाँकी छ’–नगरप्रमुख शर्मा

२७ चैत, पर्वत । जिल्लाको फलेवास नगरपालिकामा विदेशबाट फर्किएका ९ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ आएको छ । पर्वत अस्पताल र स्वास्थ्य कार्यालयद्धारा संकलन गरिएको रिर्पोट नेगेटिभ आएपछि नगरप्रमुख पदमपाणी शर्माले एक विज्ञप्ति प्रकाशन गरी खुशी ब्यक्त गरेका छन ।

विज्ञप्तिमा भनिएको छ–‘नगर क्षेत्रमा पर्वत जिल्ला अस्पतालको प्राविधिक सहयोगमा विदेशबाट आएका ९ जनाको स्वाब परिक्षणको लागि पोखरा पठाइएकोमा नौ जनालाई नै संक्रमण नदेखिदा हामी उत्साहित भएका छौं’ नगरप्रमुखद्धारा हस्ताक्षरीत विज्ञप्तिमा ८७ टोलमा क्वारेन्टाइन ब्यवस्थापन भएको वडा तहमा ५५ वटा क्वारेन्टाइन वेड तयार भई हाल १० जना क्वारेन्टाइनमा बसीरहेको जनाइएको छ ।

नगरप्रमुख शर्माले देशका विभिन्न नाकाहरुबाट अझै पनि मानिसहरु भित्रिरहेको भन्दै जोखिम कायम रहेको बताएका छन ।

उनले सरकारले घोषणा गरेको लक डाउनलाई पूर्ण रुपमा पालना गर्दै घरमै बस्न समेत नगरबासीलाई अनुरोध गरेका छन । नगरबासीलाई सन्देश दिदै नगरप्रमु शर्माले सामाजिक दुरी कायम गर्न, धैय गर्न र परिवारको ख्याल गर्न नगरबासीलाई भनेका छन ।