वाघले खाएको कुखुराको २७ हजार बिमा रकम कृषकले पाए

१८ चैत्र, पर्वत । सरकारको युवा तथा साना व्यवशायीक स्वरोजगार कोषको सचिवालय काठमाण्डौंले संचालन गरेको युवा साझेदारी कार्यक्रम अन्तर्गत सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाले संचालन गर्दै आएको छ । पहिलो चरणमा २८ जना युवाहरुकोलागि रु.४० लाख र दोश्रो चरणमा २१ जनालाई रु.३६ लगानी गरेको छ । वाख्रा पालन, तरकारी खेती, गाई पालन, व्यापार व्यवशाय र कुखुरा पालन कार्यक्रममा सहकारीले सो रकम परिचालन गरेको छ । फलेवास नगरपालिका वडा नं. ३ साविकको शंकरपोखरी गाविसकी सीता तिवारीले पालन गरेका कुखुराको खोरमा पसी वाघले नष्ट गरेको थियो । रु.१ लाखको लगानीमा खोर निर्माण गरी २२५ वटा कुखुराका चल्ला हालेको सो कुखुरा फाराममा २०० वटा कुखुरा नष्ट गरेको थियो । सो व्यवशाय युवा स्वरोजगार कोषवाट नै वीमा भएको थियो जसले गर्दा रु.२७ हजार व्यवशायी सिता तिवारीले प्राप्त गरेकी छन ।

सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा फलेवास नगरपालिका वडा नं. ३ का वडा सचिव पूर्ण वहादुर भण्डारी र वडा नं ३ का प्राविधिक सहायक कृष्ण वि.क.ले व्यवशायी सिता तिवारीलाई सो २७ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा वोल्दै व्यवशायी सिता तिवारीका श्रीमान दुर्गा प्रसाद तिवारीले सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाको पहल, युवा तथा साना व्यवशायी स्वरोजगार कोष र राष्ट्रिय वीमा संस्थानको सहयोगमा हाम्रो व्यवशायवाट भएको क्षतिको राहात मिलेको वताउनु भयो । उहाँले व्यवशाय विस्तार गरी तरकारी तथा अन्य व्यवशाय वढाउने र अरु किसानले समेत कृषि तथा पशु व्यवशायको वीमा गर्न सल्लाह दिनु भयो ।

कार्यक्रमको संचालन सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्थाका सचिव नारायण प्रसा पन्तले गर्नु भएको थियो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रा.स. कृष्ण प्रसाद तिवारी, सहकारीका संचालक, केन्द्र प्रमुख, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस भन्दा पहिला समेत साविकको शंकरपोखरी गाविसका व्यवशायी सुर्य प्रसाद लामिछानेको कुखुरा वाघले खाएकोमा राष्ट्रिय वीमा संस्थानवाट रु.७८,४०० प्राप्त सिर्जनशिल वहुउद्देश्यीय सहकारी संस्था व्यवशायीलाई उपलव्ध गराएको थियो ।

सहकारीले युवा तथा साना व्यवशायी स्वरोजगार कोषको साझेदारीमा कार्यक्षेत्रका युवाहरुलाई वढिमा रु.२ लाख सम्म कर्जा उपलव्ध गराउदै आएको छ ।–देविप्रसाद तिमिल्सीना

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस