Print

सञ्चारकर्मी अखेलीको भिर्नी झोलामा सार्वजनिक (भिडीयो सहित )

६ कार्तिक, पर्वत । लोकप्रिय कलाकार कृष्ण अखेलीको बहुप्रतिक्षित गीत भिर्नी झोलामा सार्वजनिक भएको छ । चलेका गीतहरू बनाउन सिपालु मानिने अखेलीले यस पटक गीत भिर्नी झोलामा अन्य गीतहरूको तुलनामा बढी मिहिनेत गरेका छन् । सालको पातको टपरी हुने गीतले बजार तताएपछि सिक्स एट बिटका गीतहरूले अझै पनि बजार तताइरहेको सन्दर्भमा सोही शैलीको गीत बजारमा आएको हो । गीतमा कोरस आवाज र भिडिओमा पनि कोरस नाचको प्रयोग गरिएको छ । गीतलाई तिर्सना म्युजिकले यूटूवबाट बजारमा ल्याएको हो ।

गीतमा कृष्ण अखेली र सरस्वती लामिछानेको स्वर रहेको छ । कोरस आवाजको लागि दिइएको सामूहिक आवाजमा भने कलाकारहरू याम क्षेत्री, खेम सेन्चुरी, सरीता कार्की र वसन्त थापा मगरले स्वर भरेका छन् । गीतको लागि शब्द रचना शिव अखेलीले गरेका हुन भने सङ्गीत कृष्ण अखेलीको नै रहेको छ । गीतको म्युजिक भिडिओमा पछिल्लो समयका म्युजिक भिडिओको निर्देशन र अभिनयमा व्यस्त रहेका सुनिल क्षेत्रीले नै निर्देशन र अभिनय गरेका छन् भने उनीसँगै चर्चित हास्य टेलीश्रृङखला सक्किगोनीकी रक्षा श्रेष्ठ र अर्जुन गौतमको अभिनय र नृत्य रहेको छ ।

गीत हेरेका दर्शकहरूले यूटूव च्यानलमा नै गीत राम्रो बनेको प्रतिक्रिया दिएका छन् । सङ्गीत, स्वर, लय, शब्द, भिडियो सबै राम्रो बनेको दर्शकको प्रतिक्रिया छ । कलाकार कृष्ण अखेलीले पनि यो गीतबाट बढी नै अपेक्षा गरेका बताएका छन् । दर्शकहरूकै सल्लाह र सुझावकै आधारमा गीत तयार पारिएकोले गीतले दर्शकको माया पनि बढी पाउने उनले बताए ।