Print

६० लाखको लागतमा निर्मित ४ कोठे विद्यालय भवनको सांसद गिरीद्धारा उद्घाटन

६ असोज, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले ६० लाखको लागतमा निर्मित विद्यालय भवनको उद्घाट गरेका छन । जलजला गाउँपालिका वडा न ७ स्थित फर्से धाइरिङ माविको सांसद गिरीले एक कार्यक्रमका वीच उद्घाटन गरेका हुन ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को ३१ लाख ५० हजार, जलजला गाउँपालिका वडा न ७ को ७ लाख ५५ हजार, कालीगण्डकी प्रसारण करिडोरको ४ लाख र विद्यालयको आन्तरीक श्रोतबाट १७ लाख लगानी गरी उक्त भवनको निर्माण भएको हो । भवन निर्माणका लागि यस अघि प्रतिनिधि सभा सदस्य सांसद गिरीले विशेष भुमिका निर्वाह गरेका थिए । निर्वाचनको बेला विद्यालयमा भवनको अभाव भएको भन्दै भवन निर्माणको लागि पहल गरिदिन अनुरोध गरेसंगै गिरी सहितको समूहले उक्त विद्यालयमा भवन निर्माणका लागि पहल गरेको विद्यालयले जनाएको छ ।

विद्यालयको भवन उद्घाटन कार्यक्रमका बोल्दै सांसद गिरीले सामुदायिक विद्यालयको भौतिक सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन । भौतिक ब्यवस्थापनको सुधार विना गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज नहुने भन्दै सवै सामूदायिक विद्यालयका भवनहरुको अवस्था सुधार गर्ने कार्यमा संघिय सरकारले प्राथमिकता दिएको बताएका हुन । भुकम्पबाट भत्केका भवन र भवन विना खुल्ला आकाशमुनी अध्यापन गराउन बाध्य भएका विद्यालयहरुमा भवन निर्माण तिन वटै तहका सरकारले प्राथमिकता दिनुपर्ने धारणा उनले राखे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, शिक्षा इर्काइ प्रमुख उद्धिम राज पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का प्रमुख युक्तप्रसाद शर्मा, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा अध्यक्ष टुंगनाथ शर्मा, नेकपा नेता दिपक पौडेल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद आचार्य र स्वागत आकृति सुवेदीले गरेकी थिइन ।