Print

पहिरो पिडित परिवारलाई सांसद गिरीद्धारा ७० हजार राहत प्रदान

१४ भदौ, पर्वत । पहिरोमा पुरिएर मृत्यु भएका कुश्मा नगरपालिका वडा न २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले ७० हजार नगद प्रदान गरेका छन । स्वर्गीय चालिसेको स्मृतिमा आयोजीत श्रद्धाञ्जली सभा कार्यक्रममा सांसद गिरीले उक्त राहत रकम प्रदान गरेका हुन ।

राहत रकम प्रदान गर्दै सांसद गिरीले स्वर्गीय चालिसेको सामाजिक योगदान उच्च रहेको बताए । उनले अकल्पनीय र दुःखत घटनाले समाज परिर्वतनको आन्दोलनमा अपुरणीय क्षति पुगेको बताए । मिजासिलो, सहयोगी र सामाजिक भावनाले भरिएका चालिसेले आफ्नो जीवनकालमा राजनैतिक, सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुराएको गिरीले स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टि पर्वतका जिल्ला अध्यक्ष समेत रहेका गिरीले दैवि प्रकोपका कारण परिवारजनमा पुगेको क्षति प्रति समवेदना ब्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली समेत ब्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पर्वतका सचिवालय सदस्य तथा मोदी गाउँकार्यपालिकाका प्रवक्ता बिमल लामिछानले भवितब्य घटना जहिले पनि जहाँ पनि जान सक्ने भन्दै यस्तो अवस्थामा परिवारलाई सवैले सहयोग गर्नुपर्ने धारणा राखे । उनले राजनैतिक ब्यक्तित्वका धनी चालिसेको निधन प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा समवेदना समेत ब्यक्त गरे ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले चालिसेको राजनैतिक र सामाजिक योगदान को चर्चा गरेका थिए । उनले सामाजिक ब्यतिको निधन प्रति दु:ख समेत ब्यक्त ‌‌‌‌‌गरे । कार्यक्रममा कुश्मा नगरपालिका वडा न २ का नेकपा पार्टीका अध्यक्ष मिनराज केसी अविरल लगाएतले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

घर माथिबाट आएको पहिरोले पुरिँदा चालिसेको भदौ ५ गते मृत्यु भएको थियो । घरमा एक्लै सुतिरेहका चालिसेलाई एक्कासी आएकोले पहिरोले पुरेको थियो । घर पूर्ण रुपमा भत्किएपछि चालिसे परिवार घरवार विहिन भएको छ । सांसद गिरीको अग्रसरतामा उक्त परिवारका लागि नेकपा कुश्मा ३ दुर्लुङका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विभिन्न शुभेच्छुक, नेताहरु तथा आफन्तजनले संकलन गरेको रकम सो कार्यक्रममा गिरीले चालिसे परिवारलाई प्रदान गरेका हुन ।

चालिसेकी श्रीमती अघिल्लो दिनछोरीको घरमा वस्न गएका कारण उनी भने पहिरोबाट सुरक्षित बनेकी थिइन । चालिसेका दुई छोरा र चार छोरीहरु रहेकाछन । मृतक चालिसे ६९ बर्षका थिए ।

पिडित परिवार सामू स्वर्गीय चालिसेको स्मृतिमा आयोजीत श्रद्धाञ्जली सभामा बोल्दै सांसद गिरी

 

पहिरो गए लगतै उद्धार र वेपत्ता चालिसेको खोजीका लागि पहिरोग्रस्त स्थलमा सांसद गिरी सहितका अन्य उद्धारकर्र्मीहरु ।
पहिरो गए लगतै उद्धार र वेपत्ता चालिसेको खोजीका लागि पहिरोग्रस्त स्थलमा सांसद गिरी सहितका अन्य उद्धारकर्र्मीहरु ।

 

पहिरो पुरेको अवस्थामा स्वर्गीय चालिसको शव निकाल्दै उद्धारकर्मीहरु