१५ भदौ, पर्वत । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा एक महिलाको मोटरसाईकलको ठक्करबाट ज्यान गएको छ । शनिवार साझँ ६ः३० वजेको समयमा खानीगाउँ ५ निवासी ५० बर्षिय विष्णु देवि दर्जिको मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरि तिन जना सवार ध १ प ३६६६ नम्बरको मोटर साईकलले ठक्कर दिए पछि दर्जीलाई नजिकैको धुलिखेल अस्पताल फलेलवास साखामा उपचारको लागि लगिएको थियो ।
धुलिखेल अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।
मोटर साईकलमा सवार तिन जना मध्ये पाल्पा घर भई हाल फलेवासमा मजदुरी गर्दै आएका सुमन सुनारलाई प्रहरी चौकि फलेवास ले नियन्त्रणमा लिएको र अन्य २ जना को खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।




