Print

पहिरोले घर पुर्दा सुतेकै विस्तारमा ज्यान गयो चालिसेको

५ भदौ, पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोट बुढिस्वाराको वस्ती । वस्ती मध्ये एक्लो घर । ४ वटा घर माथिल्लो भेगमा । केहि घरहरु तल्लो भेगमा । वीच भागमा रहेको घरमा बस्थे ७० बर्षिया रेमबहादुर चालिसेको परिवार । बुधवारको दिन, साँझ उनले घरको माथिल्लो पट्टि रहेको खेतमा पानी लगाए । कुलोबाट पानी लगाए पछि नजिकका आफन्तसंग केहि बेर भलाकुुसारी गरे । राती करिब ८ बजे तिर उनी खाना खाएर घरमा सुते । उनकी श्रीमती सो दिन छोरीको घरमा वस्न गएकी थिइन । संयोज राती मुसलधारे पानी परयो ।

आफैले पानी लगाएको खेत भाँसियो । भाँििसएको खेतले घर पुरयो । रातको समय उनी विस्तारमा नै सुतिरहेका थिए । पहिरोले घर पुर्दा चालिसे पनि पुरिए । विहान भयो । वरिपरिका छिमेकीले चालिसेको घर पहिरोले पुरेको थाहा पाएनन । विहान करिब ६।३० बजे मात्रै पारिपटट्टीको गाउँका स्थानीयले घर पुरेको देखेपछि हल्लाखल्ला शुरु भयो । उद्धार टोली विहानै मात्रै पहिरोले घर पुरेको ठाउँमा पुग्यो । शौचालयमा कुनै क्षति भएको छैन । घरको गोठ पनि सुरक्षित छन । गोठका पशुहरुमा कुनै क्षति छैन । घर भने पुर्ण रुपमा ध्वस्त छ । उद्धार टोलीले झण्डै ३ घण्टाको प्रयास पछि सुतिरहेकै विस्तारमा चालिसेको शव फेला पारयो ।

पहिरोले पुरिएर बेपत्ता भएका चालिसको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजतलास गरि हेर्दा मृत अवस्थामा भेटिए । पहिरोले घर पुरेको जानकारी पाए लतगै प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी लगाएत सो स्थानमा पुगेका थिए ।
चालिसेका दुई छोरा र चार छोरीहरु रहेका छन ।

छोरीहरुको बिहेवारी भैसकेको छ भने एक छोरा विदेशमा र एक छोरा पोखरामा बस्दै आएक छन । चालिसेको जिल्ला अस्पतालमा पोष्ट मार्टम पछि बुधवार नै अन्त्यष्टि गरिने परिवार श्रोतले जानकारी दिएको छ ।