७ भदौ, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पैयू गाउँकमिटिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कम्यूनिष्ट पार्टीकी सदस्य विष्णु कुमारी तिवारीको स्मृतिमा गाउँ कमिटिले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
तत्कालीन माओवादीको शसस्त्रयुद्धकाल देखि नै माओवादी आन्दोलनलाई सहयोग पुराउँदै आएकी ८१ बर्षिया तिवारीको स्मृतिमा गाउँ कमिटिले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । श्रद्धाञ्जली सभामा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका सह इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य यशोदा सुवेदीले राजनैतिक चेतना भएकै कारण शसस्त्र युद्धमा स्वर्गीय तिवारीले उल्लेख्य योगदान पुराएको बताईन । युद्धकालीन अवस्थामा आन्दोलनलाई साथ दिएर तत्कालीन राज्य ब्यवस्था परिर्वतनका लागि तिवारीको ठूलो योगदान रहेको सुवेदीको भनाई छ ।
श्रद्धाञ्जली सभामा प्रतिनिधि सभाका सदस्य तथा नेकपा पर्वत अध्यक्ष पदम गिरीले आमाकै सहयोगका कारण छोराहरु राजनैतिक परिर्वतनको आन्दोलनमा लाग्न सहयोग मिलेको धारणा राखे । उनले परिवारको सहयोग र माया पाएकै कारण छोराहरु कम्युनिष्ट आन्दोलनमा अनवरत रुपमा लागि परीरहेको बताए ।
गिरीले राजनैतिक आन्दोलनमा लागेको परिवारलाई समाजले समेत सम्मान गर्नपर्ने धारणा राख्दै समाज परिर्वतनमा स्वर्गिय तिवारीले पुराएको योगदानको उच्च प्रशंसा गरे । कार्यक्रममा स्वर्गीय तिवारीको परिवारको तर्फबाट छोरा निलकष्ठ तिवारीे गरेका थिए । कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, पैयू गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, नेकपाका पालिका स्तरीय नेताहरु लगाएतले श्रद्धाञ्जली ब्यक्त गरेका थिए । १९९५ सालमा जन्मिएकी स्व. तिवारीका ५ जना छोराहरु रहेका छन । श्रद्धाञ्जली सभाको अध्यक्षता नेकपा पैयू गाउँ कमिटिका अध्यक्षता चोकलाल न्यौपाने र सञ्चालन सचिव रेशमलाल सापकोटाले गरेका थिए ।




