Print

पर्वतमा तीजको नाउँमा होटलमा कार्यक्रम गरे कारबाही गर्ने प्रशासन कार्यालयको चेतावनी

२३ साउन, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले भड्किलो हुने गरी तीज पर्व मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ । विहिबार सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले मौलिक परम्परा नै विग्रने गरी तीज पर्वलाई भड्किलो बनाउने, ध्वनी प्रदुषण हुने गरी होटलहरुमा कार्यक्रम गरी शान्ति सुरक्षामा चुनौति थप्ने कार्य भएमा त्यस्तो कार्यमा सग्लन्नलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

तीज नेपाली हिन्दु नारीहरुको ठूलो पर्व हो । पछिल्लो दिनहरुमा भने तीज पर्व आउने दुई साता अघि देखि नै दर खाने नाउँमा उत्स्रींखल गतिविधिहरु गर्ने परम्पराको थालनी भएको छ । प्रशासन कार्यायलले यस्ता गतिविधिहरुका कारण मौलिक तीज पर्वको महत्व नै धरापमा परेको भन्दै यस्तो कार्य गर्न नगराउन समेत अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले हस्ताक्षर गरेको सुचनामा होटल र पार्र्टी प्यालेसमा कार्यक्रमको आयोजना गर्ने, गर गहना प्रदर्शन गर्ने र फजुल खर्च गर्ने कार्य नगर्न चेतावनी दिइएको छ ।