९ असार, पर्वत । आगामी आर्थिक बर्षका लागि कुश्मा नगरपालिकाले ठूला पूर्वाधारका आयोजनालाई प्राथमिकता दिने भएको छ । नगरप्रमुख रामचन्द्र जोशीद्धारा आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा पहिलो र दोस्रो बर्षको अनुभवका आधारमा प्रत्येक वडामा कम्तिमा १ वटा ठूला पूर्वाधारका आयोजना सञ्चालन हुने उल्लेख गरिएको छ । सोमबार देखि शुरु भएको चौथो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जोशीले कुश्मा कुस्मा नगरपालिकालाई स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने बताएका छन ।
चौथो नगरसभामा आर्थिक बर्ष २०७६/०७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख रामचान्द्र जोशीले कुस्मालाई स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने लक्ष्य राखिएको बताए हुन
कुस्मालाई अग्ला पुलको शहर र सहासिक पर्यटनको गन्तब्यको रुपमा बिकास गर्ने लक्ष्य समेत निति तथा कार्यक्रमले लिएको छ । यसका लागि पर्यटकीय पुर्बाधारको निर्माण तथा प्रचारप्रसारको कामलाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।
यसैगरि कुस्मा नगरपालिकाले संघ र प्रदेशको साझेदारीमा ब्यबस्थित शहर बनाउने सडकहरुको गुरुयोजना बनाउने र एकिकृत पुर्वाधार बिकास गुरुयोजना लाई अगाडी बढाउने भएको छ । कुस्मा बजारमा सबै किसिमका भवन निर्माण गर्दा अनिवार्य स्विकृती लिनु पर्ने कुरामा कडाई गर्ने भएको छ । नगरपालिकाभित्र स्विकृती नलिई भवन बनाउने काम तीब्र रुपमा भैरहेको छ भने पुराना भवनहरुको अभिलेखीकरण समेत हुन सकिरहेको छैन ।
निति तथा कार्यक्रममा कुस्मा नगरपालिकालाई खुल्ला प्लाष्टिक र सिसा मुक्त बनाइने उल्लेख छ । अहिले सम्म कुस्मालाई स्वच्छ, सफा र हराभरा नगरपालिकाको रुपमा बिकास गर्न आधुनिक प्रबिधीयुक्त फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने उल्लेख छ । पिपलटारीमा बर्थिङ्गसेन्टर सञ्चालन गर्ने र नगरपालिका भित्रका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्यचौकीको स्तरउन्नती गरिने भएको छ ।
कुस्मा नगरपालिकाले आगामी आर्थिक बर्षमा २ वटा बिद्यालयलाई नमुना बिद्यालयको रुपमा बिकास गरि प्रोजेक्टरबाट पढाउने ब्यबस्था मिलाउने भएको छ भने न्युन बिद्यार्थी भएका बिद्यालयलाई एकिकरण र समायोजन गर्ने भएको छ ।
नगरपालिकाले एक वडा एक नमुना कृषि फार्म बनाउने, आगामी दुई बर्षभित्र कुस्मार्ला दुग्धजन्य पर्दा, अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना पनि ल्याइएको छ ।प्रत्येक वडामा एकएक वटा पकेट क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य समेत निति तथा कार्यक्रमले लिएको छ ।