९ असार, पर्वत । फलेबास नगरपालिकाले एक बर्षभित्रमै दुध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य सहित निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
फलेबास नगरपालिकाको सोमबार सम्पन्न पाँचौ नगरसभाले स्थानिय उत्पादनलाई जोड दिदै एक बर्षमा नै दुध र मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना अघि सारेको हो ।
नगरप्रमुख पदमपाणी शर्माले आर्थिक बर्ष २०७६/०७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै पकेटमा आधारित पशुपालनमा जोड दिइएको छ । स्वच्छ मासु बिक्रीको लागि व्यवस्थित मासु पसल सञ्चालनमा सहयोग तथा नियमित अनुगमन निरिक्षणमा निरन्तरता दिने भएको छ भने पशुहरुमा निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाले एक वडा एक कृषि फर्म,एक वडा एक पशु फर्म तथा एक बस्ति एक उत्पादन कार्यक्रम लाई निरन्तरता दिएको छ ।
नगरपालिकाले नीति तथा कार्यक्रममा ग्रिन फलेवास क्लिन फलेवास कार्यक्रमलाई महत्वका साथ समाबेश गरेको छ ।
कालीगण्डकी जलाशययुक्र आयोजनाको पूर्व संभाव्यता अध्ययन भएकाले आगामी आर्थिक वर्ष उक्त आयोजनाको निर्माण कार्य शुरु गर्ने लक्ष्य राखिएको छ ।स्थानीय कुखुरा तथा कृषि उत्पादन मा जोड दिईएको छ । नगरभित्र ३ स्थान पहिचान गरि ३ वटा नर्सरी स्थापना गरि बिरुवामा आत्मनिर्भर गराईने, सुन्तला, माछा, मौरी, अदुवा कफी पकेट क्षेत्र घोषणा, बिरुवा हाम्रो फल तपाईंको कार्यक्रमको निरन्तरता दिईएको छ ।
वाहिरी र भित्री सडकको पक्कि र स्तरउन्नती गर्ने, होमस्टे विस्तार, उद्योगको विकास, गरिव संग सहकारी कार्यक्रम सञ्चालन गरिने भएको छ । सामूदायिक विद्यालयमा शुरु भएको अंग्रेजी माध्यमको पढाईलाई थप प्रभावकारी बनाउने र शिक्षकहरुलाई तालिम, पुरस्कार र दण्डको नीति लिईएको छ । जेष्ठ नागरिकको सीप पुस्तान्तर गर्ने, सबै वडामा खानेपानीको सुविधा प्रर्याप्त मात्रामा पुराउने, ३ वर्षमा पूर्ण सरसफाई युक्त नगर र बालमैत्री फलेवास बनाउने, देविस्थानमा रंगशाला शैलीको खेलमैदान, मेयर संग यूवा कार्यक्रम लगायतका कार्यक्रम पनि नगरको प्राथमिकतामा छन् । नगर प्रहरी राख्ने निती पनि सार्वजनिक गरिएको छ ।




