Print

पर्वतको लुंखुमा जीप दुर्घटना, २ जनाको मृत्यू

८ असार, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारबाट महाशिला गाउँपालिका ३ बालाकोट जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ग २ च ७१२८ नम्बरको जीप महाशिला गाउँपालिका ५ लुंखुदेृरालीको देउराली भिरको खोल्सामा दुर्घटनाग्रस्त हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको हो ।

कच्चि सडकमा जीप सडक देखि १ सय मिटर तल खस्दा जीपमा सवार महाशिला ३ बालाकोटका ५० बर्षिय कृष्णगोपाल गुरुङ र सल्यानको कपुरकोट नगरपालिका वा नं ४ बस्ने ३० बर्षिया बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार जीपमा सवार ७ वना मध्ये अन्य ४ जना घाइते भएका छन । १ जना यात्रु भने सकुशल रहेको प्रहरी निरिक्षक रायमाझीले जानकारी दिए ।

घाइते मध्ये पैयू गाउँपालिका ७ बस्ने ३५ बर्षका प्रविण गुरुङ र महाशिला ३ बस्ने ३३ बर्षिय लक्ष्मी रानाको पोखरा उपचार भईरहेको छ । घाइते मध्ये महाशिला ३ का दिपक गुरुङ र सोहि स्थानका खुमहादुर गुरुङको स्थानीय लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।