१ असार, पर्वत । पर्वतको कुश्मामा चलचित्र ‘स्काउट’ को च्यारिटि सो गरिएको छ । बाल मन्दिर प्राथमिक विद्यालयको सहयोगार्थ कुश्मा बजारमा अवस्थित सिद्धेश्वर चलचित्र मन्दिरमा यसको च्यारिटी शो गरिएको हो ।
विपन्न तथा मजदुरका बालबालिकाहरुले मात्र अध्ययन गदै आएको सो विद्यालयको सहयोगार्थ चलचित्रको ‘स्काउट’को सो गरिएको नेपाल बाल संगठन पर्वतका सभापति एवम् विद्यालयका अध्यक्ष निर्मल विश्वकर्माले जानकारी दिए ।
उक्त च्यारिटी सोवाट संकलित रकम विद्यालयको कोषमा राखिने र सो रकम विद्यालयको हकहितका निम्ति खर्च गरिने अध्यक्ष विश्वकर्माले बताए । ‘स्काउट’को कथावस्तुलाई उठान गरेर निर्माण गरिएको चलचित्र हेर्नको लागि स्कुले बालबालिका देखी जिल्लाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
चलचित्र हेरेपछि अधिकाँशले चलचित्रको कथावस्तु, निर्देशकीय पक्षका साथै कलाकारको भूमिकाले आफुहरुलाई स्काउट बन्न पे्ररित गरेको बताएका थिए ।
चलचित्रमा नायक नबराज श्रेष्ठ, नायिका गरिमा पन्त, कुशल थापा, मदुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मदुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।




